दफा ४२
फरार व्यक्तिलाई पछि पक्रन हुने
यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य गर्ने व्यक्तिलाई कसूर गर्दाकै बखत पक्रन नसकिएमा वा पक्राउ गरिएको भएपनि निज फरार भएमा भन्सार अधिकृतले वा निजले अधिकार दिएको कर्मचारीले वा सो कार्यका लागि खटिएको कर्मचारीले निजलाई जुनसुकै बखत पक्राउ गर्न सक्नेछ । त्यसरी पक्रिएको व्यक्ति उपर कसूर गरेका बखत पक्रिए सरह कारबाही हुनेछ ।